जलविद्युत्तको भण्डार ः अपिहिमाल गाउँपालिका  

५ बर्ष अघि

२0७५ कार्तिक १२ सोमबार

जलविद्युत्तको भण्डार ः अपिहिमाल गाउँपालिका  


सुलोचना महता, कार्तिक १२ दार्चुला । अपिहिमाल गाउँपालिकामा हाल सम्म स—साना जलविद्युत निमार्ण भएतापनि चालुआर्थिक वर्षदेखि अपिहिमाल गाउँपालिकामा ४ वटा जलविद्युत निमार्ण कार्य सञ्चालन भईरहेका छन् ।अपिहिमाल गाउँपालिका वाड नं. ३ मा १०० किलोवाट क्षमता भएको घट्टे खोला जलविद्युत आयोजना निमार्ण हुने भएको छ । झण्डै ५ करोड लगानीमा सम्पन्न हुने घट्टेखोला जलविद्युत आयोजनामा गाउँपालिकाले १ करोड ७२ लाख रुपैँया र बाँकी वैकल्पिक उर्जा पबद्र्धन केन्द्रको लगानी रहेको छ । 
उक्त जलविद्युत्त चालु आर्थिकको यसै महिनादेखि निर्माणकार्य सम्पन्न सुरु हुने र १८ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताउनु भयो ।
चालु आर्थिक बर्षमै अपि हिमाल गाउँपालिकाको वडा नम्बर ६ मज्जेमा सय किलोबाट कै दुइवटा जलविद्युत आयोजना मज्जेखोला र बिर्कानो जलविद्युत आयोजना पनि बन्दै छन् । उक्त जलविद्युत्त आयोजना निर्माणका लागि अपिहिमाल गाउँपालिकाले १ करोड ७० लाख दुबै योजनाका लागि भन्दै ३ करोड ४० लाख रुपैँयाको बजेट विनियोजन गरिएको छ । 
यी दुबै जलविद्युत्त आयोजनामा वैकल्पिक उर्जा केन्द्रले लगानीमा गर्नेछ ।
यसका अतिरिक्त अपिहिमाल गाउँपालिकाको वाड नंं. ५, ४ र ३ को बिचमा पर्ने मकरीगाडमा १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर आयोजना भने प्राइभेट कम्पनीले निमार्ण गर्ने भएको छ ।  हाल सम्झौता बनिसकेको र जग्गा अधिग्रहण गर्ने कार्य भइरहेको छ । 
अपिहिमाल गाउँपालिकालाई विद्युत्त हबको रुपमा विकास गर्ने गरी जलविद्युत्तमा लगानी भइ काम भईरहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल डिएनले जनाकारी दिनुभयो ।