कैलालीमा नेपाल–भारत डिआइजीस्तरीय बैठक, यस्ता छन् १२ बुँदे सहमति

१ बर्ष अघि

२0८0 जेष्ठ ९ मंगलवार

कैलालीमा नेपाल–भारत डिआइजीस्तरीय बैठक, यस्ता छन् १२ बुँदे सहमति

धनगढीः नेपाल र भारताका सशस्त्र प्रहरी बल र सशस्त्र सीमा बलका डिआइजीस्तरीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। सोमवार सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी अत्तरियामा दुई देशको समन्वयात्मक बैठक बसेको हो।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीले आयोजना गरेको बैठकमा नेपालको तर्फबाट नम्बर ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपाने र भारतीय सशस्त्र सीमा बल (एसएसबी) तर्फबाट पिलिभित सेक्टरका सेक्टर कमाण्डर डिआइजी अजयकुमार तथा अल्मोडा सेक्टरका सेक्टर कमाण्डर  डिआइजी डिएन बम्बेको सहभागिता रहेको थियो।

दुई देशका सीमा सुरक्षा अधिकारीहरूको बैठमा सीमा अपराध नियन्त्रण, चेलीबेटी बेचबिखन तथा मानव तस्करी रोकथाम, सीमा स्तम्भहरूको सुरक्षा, कोभिड महामारी रोकथाम र लागुऔषध, हातहतियार तथा विष्फोटक पदार्थ ओसारपसार नियन्त्रण गर्ने विषयमा छलफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीले जनाएको छ।