छाङरुमा सीमा प्रशासन कार्यालय संचालन

१ बर्ष अघि

२0८0 जेष्ठ ९ मंगलवार

छाङरुमा सीमा प्रशासन कार्यालय संचालन

दार्चुला : दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङरुमा सीमा प्रशासन कार्यालय संञ्चालनमा आएको छ । यसअघि जिल्ला सदरमुकाम खलंगाबाट सेवा दिइरहेको कार्यालय जेठ ४ गतेदेखि छाङरुबाट पनि संचालनमा आएको हो । व्याँस गाउँपालिका–१ छाङरु र तिंकरका बासिन्दा ६ महिना खलंगा र ६ महिना व्याँसमा बसोबास गर्ने गर्छन । अहिले गर्मि समय लागेकाले सदरमुकामबाट व्याँसीहरु व्याँस उक्लिरहेकाले जेठ ४ गतेबाट छाङरुमा कार्यालय संचालनमा ल्याइएको सीमा प्रशासन कार्यालयका निमित्त कार्यालय प्रमुख मान बहादुर खडायतले बताए ।

 

छाङरु र तिंकरका केहि बासिन्दाहरु खलङ्गामा बसोबास गर्ने तथा केहि अहिले छाङरु गएकाले दुवै ठाउँबाट सेवा दिने उद्धेश्यले त्यहाँ पनि कार्यालय संचालनमा ल्याइएको उनले बताए । सदरमुकामस्थितको सीमा प्रशासन कार्यालयमा दुई जनाले हेर्ने गरी र दुई जनालाई छाङरु कार्यालय पठाइएको छ ।

 

यहाँ नायव सुब्बाको दरबन्दीमा मानबहादुर खडायत र एक जना कार्यालय सहयोगी छन् । भने छाङरुमा खरिदार कल्यान सिंह धामी र कार्यालय सहयोगी नितेश ऐतवाललाई खटाइएको छ । दुुवै कार्यालय भवन भाडाँमा संचालनमा रहेका छन् ।