सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार आज होला त

१ बर्ष अघि

२0८0 जेष्ठ ६ शनिबार

सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार आज होला त

धनगढीः शुक्रवार हुन नसकेको सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार शनिवार गर्ने तयारी छ। शुक्रवार सत्ता गठबन्धनको बैठक आज ९शनिवार० विहान १० बजे मन्त्री परिषद् विस्तार गर्ने सहमति भएर सकिएको मुख्यमन्त्रीको सचिवालय जनाएको छ।

नागरिक उन्मुक्ति पार्टीले शनिवारसम्म समय मागेकाले शुक्रवार मन्त्रिपरिषद् विस्तारको काम रोकिएको सचिवालय जनाएको हो। सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि शुक्रवार हुने भनिएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम अन्तिम समयमा रोकियो।

नागरिक उन्मुक्तिले शनिवार बिहान १० बजेसम्मको समय मागेको छ। मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट शिवराज भट्ट वा पृथ्वीबहादुर सिंहमध्ये १ जना र नेकपा माओवादी केन्द्रबाट रमेशसिंह धामी र झपटबहादुर बोहराको नाम आइसकेको छ। माओवादी केन्द्रकै गीतादेवी मालको नाम राज्यमन्त्रीका लागि आएको छ।

नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नेको नाम आउन बाँकी छ। उन्मुक्तिले सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गरेको छ। सत्ता गठबन्धनमा मन्त्रालय लिने विषयमा कुरो मिलेको छैन। आफूहरूले २ मन्त्रालय मागेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका प्रमुख सचेतक खुशीराम चौधरीले बताए।