एनआरटी र जावलाखेलले १–१ गोलको बराबरी खेले

१ बर्ष अघि

२0८0 जेष्ठ ४ बिहीबार

एनआरटी र जावलाखेलले १–१ गोलको बराबरी खेले

काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन् । आज बिहीवार दशरथ रङ्गशालामा भएको अर्को खेलमा एनआरटी र जावलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेले । यो बराबरीसँगै जावलाखेल १९ खेलमा ३२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ भने एनआरटी उति नै खैलमा २८ अङ्कसहित आठौँ स्थानमा छ ।  १४ टोली सहभागी लिगको पुछारमा हुने दुई वटा टोली रेलिगेशनमा परेर बि डिभिजनमा घटुवा हुनेछन् ।