काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा ठूलो हावाहुरी र असिना पानी

१ बर्ष अघि

२0८0 बैशाख ३१ आईतवार

काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा ठूलो हावाहुरी र असिना पानी

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो हावाहुरीसहित असिना पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित भएको मोकाु नामक चक्रवात र पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएकाले चट्याङ, गड्याङगुडुङ र हावाहुरीसहित असिना पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज, भोलि र पर्सि तीन दिन पहाडी क्षेत्रको मौसम बदली हुनेछ । यी प्रणालीको प्रभाव आजभन्दा भोलि र पर्सि अझ धेरै पर्ने देखिएको छ । मोका चक्रवातको प्रभाव अहिलेसम्म नेपालमा नपरे पनि अहिलेदेखि पर्न थालेको सक्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । पूर्वी क्षेत्रमा यो चक्रवातको प्रभाव धेरै पर्ने देखिएको उहाँले बताउनुभयो ।

पश्चिमी क्षेत्रमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पानी पर्ने अनुमान गरिएको हो । चक्रवात, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तराईका जिल्लामा खासै नपर्ने देखिएकाले त्यहाँको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् ।