चट्याङ लागेर तीन जना घाइते

१ बर्ष अघि

२0८0 बैशाख ३१ आईतवार

चट्याङ लागेर तीन जना घाइते

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–२ हुम्दुम्तीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । दुहुँबाट यार्सागुम्बा संकलनका लागि व्याँस गएका तीन जना चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । शनिबार राती ८ बजे परेको चट्याङ लागेर दुहुँ गाउँपालिका–१ बचपाली बस्ने ३७ वर्षीय आनसिंह महरा, उहाँकी श्रीमती ३० वर्षीया मनमती महरा र दुहुँ गाउँपालिकाकै हिकिला बस्ने महेश बडाल चट्याङ लागेर घाइते भएको उहाँले बताउनुभयो।

चट्याङ लागेर तीन जना घाइते भएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको र अहिलेसम्म स्थलगत रिपोर्ट प्राप्त भइनसकेको सूचना अधिकारी सिंहले बताउनुभयो । घाइते तीनै जना यार्सागुम्बा संकलनका लागि गएको बताइएको छ । घटनाबारे थल विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।