रुखमा झुन्डीएको महिलाको शव फेला

५ बर्ष अघि

२0७५ कार्तिक १२ सोमबार

रुखमा झुन्डीएको महिलाको शव फेला


सुलोचना महता, कार्तिक १२ दार्चुला । दार्चुला जिल्लाको व्यासँ गाउँपालिका वाड नं. ५ धौलाकोटमा एक महिला रुखमा झुन्डीएको अवस्थामा मृत फेला परेकी छिन् । व्यासँ गाउँपालिका वाड नं. ५ धौलाकोटको स्याकु भन्ने गाउँमा बस्ने ३० वर्षका मानबहादुर धामीको श्रीमति अन्दाजी २५÷२६ वर्षका पुना धामी झुन्डीएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिजोराति देखि घरबाट हराइएकी धामी बिहान मृत फेला पर्ना साथ आफन्तले प्रहरीलाई जानकारी गराए पछि धौलाकोटबाट प्रहरी सहायक निरीक्षक अमिर रावलको प्रहरी टोली घटना बारे अनुसन्धान गर्न खटिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी सहायक निरीक्षक हिक्मत बहादुर बोहराको नेतृत्वमा टोली खटिएको छ ।