घृणित कार्यले विश्व सामु नेपालको शिर निहुरिएको छः नेता कोइराला

१ बर्ष अघि

२0८0 बैशाख ३१ आईतवार

घृणित कार्यले विश्व सामु नेपालको शिर निहुरिएको छः नेता कोइराला

काठमाडौँ, । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करीमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको बताउनुभएको छ ।

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन राज्यको नेतृत्व गरिरहेका नेताहरुको नै संलग्नता रहेको प्रति संकेत गर्दै नेता कोइरालाले भ्रष्टाचारको जालो तोड्न सवै एक जुट भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले बिश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं । तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ । यो देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढदो छ, यसले हामीले दशकौ संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको छ । अब समय आएको छ भ्रष्टाचार विरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने ।’