मालिकार्जुनमा भिरबाट लडेर एक पुरुषको मृत्यु

१ बर्ष अघि

२0८0 बैशाख ३0 शनिबार

मालिकार्जुनमा भिरबाट लडेर एक पुरुषको मृत्यु

दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको ज्यान गएको छ । शनिबार विहान मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ चस्कोट बस्ने अन्दाजी ४० वर्षीय जयराम लुहारको घरनजिकैको भिरबाट लडेर ज्यान गएको हो ।

घटनाको अनुसन्धानका लागि मालिकार्जुन प्रहरी चौकी र गोकुलेश्वर इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । शवको पोष्टमाटमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।