परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

१ बर्ष अघि

२0८0 बैशाख ३0 शनिबार

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। दुई समकक्षीबीच शुक्रवार बंगलादेशमा भेटवार्ता भएको हो।

बंगलादेशको राजधानी ढाकामा शुक्रबार सुरु भएको दुई दिने छैठौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन पुगेका दुवैजनाबीच भेटवार्ता भएको जयशंकरले आफनो ट्वीटर मार्फत जानकारी गराएका छन्।

‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका हुन लागेको उक्त सम्मेलनका क्रममा भएको भेटवार्ता फलदायी भएको भारतीय विदेशमन्त्री जयशंकरले बताएका छन्।

जयशंकरले भनेका छन्–‘हामीबीच पहिलो भेटवार्ता राम्रो रह्यो। यो भेटका क्रममा मैले साउदजीलाई मन्त्री भएकोमा पनि बधाई दिएँ।’ भेटका क्रममा लगातार बढ्दो साझेदारी अघि बढाउने सम्भावित कदमबारे पनि चर्चा भएको उनले वताएका छन्।

ऊर्जा, कनेक्टिभिटी र जनस्तरमा रहेको सम्बन्धबारे पनि कुरा भएको उनले ट्वीटरमा लेखेका छन्।