डोटेली कमेडी सिरियल लेत्थो तिहार भित्र सार्वजनिक गरिने

५ बर्ष अघि

२0७५ कार्तिक १२ सोमबार

डोटेली कमेडी सिरियल लेत्थो तिहार भित्र सार्वजनिक गरिने

सर्मिला धामी, कार्तिक १२ दार्चुला । दार्चुला जिल्लाको पहिलो डिजिटल मिडिया हाउस फेबरेट मिडियाले निर्माण गर्न लागेको लेत्थो नामक डोटेली कमेडी सिरियल तिहार भित्र सार्वजनिक गर्ने भएको छ । फेबरेट मिडियाको टिमले बालअधिकार सम्बन्धी जनचेतना मुलक सडक नाटक पर्दशन गरी सोही नाटकलाई सुटीङ गर्ने कार्य यसै हप्ता सम्पन्न भएको छ । दार्चुला जिल्ला सदरमुकाम आसपासको विभिन्न क्षेत्रमा सुटिङ सम्पन्न भएको उक्त सिरियल नजिकै आइरहेको तिहारको अवसर पारेर औपचारिक रुपमा सार्वजनिक गरिने फेबरेट मिडियाका प्रबन्धक कृष्णसिह धामीले बताउनु भयो । समाज परिवर्तनका लागि युवा पाइलो भन्ने मुल नाराका साथ यो भन्दा पहिले २०७५ सालको दशैको घटस्थापनाको दिन दार्चुला सदरमुकाम खलंगामा फेबरेट मिडियाले आफ्नो महाअभियान घोषणा गरेको छ । समाजमा रहेका विभिन्न विकृति विसंगतिहरुलाई निरुत्साहित गर्न साहित्य र सडक नाटकका माध्यमबाट जनचेतना अभिबृद्धि गर्ने लक्ष्यका साथ फेबरेट मिडियाले दार्चुला जिल्लाका सबै स्थानीय तहमा कार्यक्रम गर्न लागेको छ ।