एजेन्सी । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता समेत रहेका कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म यो सन्देश दिन चाहान्छु कि यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामीले यसमा भाग लिनुपर्छ ।’
पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) नेता एवम् पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचारमा संलग्न भएको मुद्दामा प्रहरीले अदालत परिसरबाट यही वैशाख २६ गते पक्राउ गरेको थियो । उनी पक्राउ परेको विरोधमा सुरु भएको आन्दोलनका कारण पाकिस्तान तनावग्रस्त छ ।
उनका समर्थकहरुले भौतिक संरचना र सवारी साधनहरुमा आगजनी तथा तोडफोड गरेका छन् । प्रदर्शनको क्रममा १० जनाको मृत्यु भइसकेको छ ।