पूर्वगृहमन्त्री खाँणलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

१ बर्ष अघि

२0८0 बैशाख २७ बुधबार

पूर्वगृहमन्त्री खाँणलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

बुधबार न्यायाधीश उत्तम सिलवालको इजलासले खाँणलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।


नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई आज बुधबार बिहान निवासबाटै पक्रेको थियो ।

वीर अस्पतालमा लगेर उनको स्वास्थ्य परीक्षण गरेपछि प्रहरीले उनलाई भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगेको थियो ।