पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ परेपछि देशभर प्रदर्शन चर्कँदै, झन्डै १ हजार जना पक्राउ

१ बर्ष अघि

२0८0 बैशाख २७ बुधबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ परेपछि देशभर प्रदर्शन चर्कँदै, झन्डै १ हजार जना पक्राउ

एजेन्सी । पूर्वप्रधानमन्त्री पक्राउ परेको विषयलाई लिएर ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा झन्डै एक हजार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खानलाई पक्राउ गरेपछि भएको हिंसामा एक जना प्रदर्शनकारीको ज्यान गएको छ भने एक सय ३० जनाभन्दा बढी प्रहरी घाइते भएका छन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गएको वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौँ मुद्दामध्ये एक मुद्दामा हिजो मङ्गलवार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको थियो । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ ९पीटीआई० पार्टीका अधिकारीहरूले उहाँलाई पक्राउ गरेपछि समर्थकहरूलाई सडकमा आउन आग्रह गरेका थिए तर प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने आदेशलाई कडाइका साथ लागू गरिने चेतावनी दिएको छ ।

आन्दोलनका लागि पार्टीले गरेको आग्रहसँगै पीटीआई समर्थकहरूले राजधानी इस्लामाबाद, लाहोर र पेशावरसहित देशभरका सहरहरूमा भेला भएर सडक बन्द गरेका थिए ।