विदेशबाट फर्किँदा २ वटा मोबाइल ल्याउन पाइने

१ बर्ष अघि

२0८0 बैशाख २६ मंगलवार

विदेशबाट फर्किँदा २ वटा मोबाइल ल्याउन पाइने

काठमाण्डौ । सरकारले वैदेशिक रोजगारीमा जानेहरूले फर्किँदा दुई वटा मोबाइल ल्याउन पाउने निर्णय गरेको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेकको थप एक मोबाइल ल्याउन पाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । 

यस्तै बैठकले नेपाल कृषि वन सेवा समूहीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गरेको छ । मन्त्री शर्माले बैठकले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरेको बताउनुभयो । उहाँले मोबाइल फोनमा एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय भएको बताउनुभयो ।

बैठकले ढल्केवर वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो । उहाँले इसमिट बोर्ड अफ
गभर्नेन्स मिटिङमा सहभागीका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको बताउनुभयो ।