एकीकृत समाजवादीसँग एकता गर्न वामदेव गौतम सकरात्मक

१ बर्ष अघि

२0८0 बैशाख २६ मंगलवार

एकीकृत समाजवादीसँग एकता गर्न वामदेव गौतम सकरात्मक

काठमाडौं । पार्टी एकताका विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको छ।

सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा नेपाल र गौतम लगायतका नेताहरुबीच पार्टी एकताबारे छलफल भएको हो । उक्त छलफलमा सहभागी एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठका अनुसार गौतम एकीकृत समाजवादीसँग एकतामा आउन सकरात्मक भएका छन् ।


नेपाल र गौतमबीच यसअघि पनि पार्टी एकताबारे पटक पटक छलफल भएको थियो । गौतमले एकताका लागि जनताको बहुदलीय जनवाद जबज लाई एकीकृत समाजवादीले स्वीकार गरेर जानुपर्ने शर्त राखेका थिए । एकीकृत समाजवादीले जबजलाई मार्गदर्शक सिद्धान्त मान्न अस्वीकार गरेको छ ।

श्रेष्ठले पार्टी एकताका लागि त्यसबारे पछि छलफल गर्ने गरी जान गौतम लचक भएको जानकारी दिए। २०७७ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद भएपछि गौतम पनि अलग भएका थिए । त्यसयता उनले नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका छन् ।