हिमपहिरोमा बेपत्ता थप एकजनाको शव फेला

१ बर्ष अघि

२0८0 बैशाख २५ सोमबार

हिमपहिरोमा बेपत्ता थप एकजनाको शव फेला

दार्चुला –दार्चुलाको हिमपहिरोमा बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ । गत १९ गते व्यास गाउँपालिका १ भोलममा हिमपहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका २ बुडरी २८ बर्षीया ईश्वरी थापाको शव फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छाङरूबाट गएको टोलीले उक्त शव फेला पारेको हो । यसअघि अन्य तीन जनाको शव फेला परेको थियो । दार्चुलाको दुहुँ गाउँपालिका ४ की कमला कुँवर उनका छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका २ बुडरकी नक्की डोमा थापाको शव यसअघि नै फेला परेको थियो । 

हिमपहिरोमा परेर बेपत्ता भएकी जोरायल गाउँपालिका २ बुडरीकी १५ बर्षीया छिमी सामो थापाको अवस्था भने अझै अज्ञात रहेको छ । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।  यार्सागुम्बा टिप्नका लागि भोलममा पुगेका उनीहरु हिमपहिरोमा परेका थिए ।