नक्कली शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन हुँदैन माधव नेपाल

१ बर्ष अघि

२0८0 बैशाख २५ सोमबार

नक्कली शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन हुँदैन  माधव नेपाल

काठमाण्डौ – नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्रीको परीक्षाको बेला आएको बताउनुभयो । यो प्रकरणमा आफूहरूको पूरा साथ, सहयोग रहने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशको सबैभन्दा मुख्य समाचार भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचारलाई जबसम्म हामी नियन्त्रण गर्दैनौँ, भ्रष्टाचारीलाई जबसम्म कारबाही गर्दैनौँ तबसम्म सुशासनको प्रत्याभूति गर्न सकिँदैन । भ्रष्टाचारको रोगबाट यो देशलाई र प्रणालीलाई जोगाउनुपर्छ । त्यसको निम्ति प्रधानमन्त्रीजीले खुट्टा नकमाइकन, दृढताका साथ अगाडि बढ्नुपर्छ । उहाँको जाँचको बेला पनि आएको छ । हाम्रो पूरा साथ सहयोग रहन्छ । सत्ता सहयात्री दलहरूले पनि कुनै पनि दोषी, भ्रष्ट व्यक्तिहरु नउम्किउन् भनिसकेका छन् । तर निर्दोषहरूलाई अपमान गर्ने काम नहोस् ।’