घाईते गगन सिह धामीलाई सेती अञ्चल अस्पताल धनगढि रिफर ।

५ बर्ष अघि

२0७५ कार्तिक १२ सोमबार

घाईते गगन सिह धामीलाई सेती अञ्चल अस्पताल धनगढि रिफर ।

ललित सामन्त कार्तिक १२ दार्चुला 
दार्चुला जिल्लाको महाकाली नगरपालीका वडा नः ३ सेलामा जिब दुर्घटनामा परि घाईते भएका चालक गगन सिह धामीको थप उपचारका लागि सेतिअञ्चल अस्पताल रिफर गरिएको छ । 
आईतबार बेलुकि गाडिचालक सहित ३ जना घाईते भएका सबैको जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको र चालक धामीको अवस्था चिन्ता जनक रहेकाले थप उपचारका लागि धनगढि रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाका सि अहेव डम्बर दत्त भट्टले जानकारी दिनु भयो । घाईते गाडी चालक गगन सिह धामीको पेट,छाती,नाक,कानमा गहिरो चोट लागेकोले  जिल्ला अस्पतालमा  उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल  धनगढी रिफर गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । घाईते २ जनाको भने जिल्ला स्वास्थ्य दार्चुलामा उपचार भईरहेको जिल्ला अस्पताल दार्चुलाका सि अ.हे.भ . डम्बर दत्त भटट्ले बताउनु भयो । आइतबार बेलुकीतिर से १ ज २६७ नम्बरको महाकाली यातायातको जिप दल्लेख बाट सदरमुकाम खलंगा आउनेक्रममा दार्चुलाको महाकाली नगरपालिका ३ काँटै र  सेलाको विचमा  सडकबाट करिव  जिप १सय ५० मिटर तल खसेको थियो ।