तीन वर्षभित्र देश कृषि उत्पादनमा आत्मनिर्भर, ५ वर्षमा रेल, १ वर्षभित्र सडक निर्माण,

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

तीन वर्षभित्र देश कृषि उत्पादनमा आत्मनिर्भर, ५ वर्षमा रेल, १ वर्षभित्र सडक निर्माण,

वैशाख आधा नाघिसक्यो । जाडो उस्तै छ । पिँडीको डिलमा बसेर धनबहादुर चुरोट सल्काउँदै गमिरहेको छ । भित्र चमेली खै के–के गुनगुनाउँदै छ । जमाना फेरिएको छ । हातकै मोबाइलबाट रेडियो सुन्दै गरेको धनबहादुर भित्रभित्रै मुस्काउँर्दै छ ।

देशमा सङ्घीयता आइसक्यो । विकासले कुन्यो लगाउने भाषण सुनको धेरै भा’छैन, मनमा ताजै छ ।

रेडियोमा समाचारका हेडलाइनहरू बज्न थाले । तीन वर्षभित्र देश कृषि उत्पादनमा आत्मनिर्भर, ५ वर्षमा रेल, १ वर्षभित्र सडक निर्माण, २४सै घण्टा स्वास्थ्य सेवा, नेपालमा रकेट, पानी जहाज यस्तै यस्तै । 

महिना वैशाख हो । मौसम बर्खाभन्दा फरक पर्दैन । दिनभरीको थकान बिहानबेलुका काम नगरी खान पुग्दैन उसलाई । पाखुरा बर्जान थालेको वर्षौं भइसकेको छ ।

सुन्दैछ निमुखाहरूको उन्मुक्ति दिलाउने नेताहरू मन्त्री भएका छन् । दिनभरीको धकानले धनबहादुर विस्तारमा घुर्तुक पल्टना साथ निदाउँदै सपनामा मस्त भयो ।