बेलायतका प्रथम हिन्दु प्रधानमन्त्री सुनकलाई परराष्ट्रमन्त्री साउदले दिए नेपाल भ्रमणको निम्तो

१ बर्ष अघि

२0८0 बैशाख २५ सोमबार

बेलायतका प्रथम हिन्दु प्रधानमन्त्री सुनकलाई परराष्ट्रमन्त्री साउदले दिए नेपाल भ्रमणको निम्तो

लन्डन — परराष्ट्रमन्त्री नारायणप्रकाश ९एनपी० साउदले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

बेलायतका राजा चार्ल्स तृतीय तथा रानी क्यामिलाको राज्याभिषेक समारोहमा सहभागी हुन लन्डन आएका मन्त्री साउदले शुक्रबार बकिङघम राजदरबारमा पाहुनाका लागि आयोजित रिसेप्सनमा बेलायती प्रधानमन्त्री सुनकलाई भेटेका थिए ।

मन्त्रीले संक्षिप्त कुराकानीका क्रममा प्रधानमन्त्रीलाई एकपटक नेपाल आइदिन अनुरोध गरेको दूतावास स्रोतले जनायो । ‘बेलायत(नेपाल सम्बन्धको दुई सय वर्ष बढी हुँदासमेत बेलायती प्रधानमन्त्रीको एकपटक पनि नेपाल भ्रमण हुन सकेन । हामी तपाईंलाई नेपालमा स्वागत गर्न आतुर छौं’, परराष्ट्रमन्त्रीको भनाइ उधृत गर्दै दूतावास श्रोतले भन्यो । पहिलो एसियालीमूलका प्रधानमन्त्री सुनकले भारत भ्रमण गर्ने चर्चा चलिरहंदा नेपाल समेत आइदिन नेपालका तर्फबाट आग्रह भएको हो ।

यसअघि पनि बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन सरकार तथा निजीस्तरबाट कयौं प्रयत्न भए पनि त्यो सफल हुन सकेको छैन ।