काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चिनियाँ नेताहरु पुगेर क्षति पुग्ने गतिविधिहरुमा संलग्न भएका छन्। ११ सदस्यीय टोलीको नेतृत्व गर्दै हङकङ हुँदै काठमाडौं आइपुगेका चिनियाँ धार्मिक तथा सांस्कृतिक संस्थाका एक जना महासचिवले लुम्बिनीमा पुगेर प्रतिबन्धित गतिविधि गरेका हुन्।
चाइना रिलिजियस कल्चर कम्युनिकेसन एसोसिएसनका महासचिव हान सोङको स्वागतमा अशोक स्तम्भ राखिएको मुल परिसरमा नै भव्य कार्यक्रम गरेर त्यहाँको वातावरण नै खलबलिने गरी कार्यक्रम गरेको पाइएको छ। जसले गर्दा विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई नै खतरा हुने काम भएको भन्दै आलोचना भइरहेको छ।
उक्त क्षेत्रमा कुने हो(हल्ला हुने कार्यक्रम तथा गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको भए पनि चिनियाँ योजना अनुसार त्यसलाई क्षति पुग्ने गरी गतिविधि गरिएको हो। यसप्रति नेपालको प्रशासनले पनि मौनता साँधेको भन्दै विरोध भइरहेको छ।