नक्कली शरणार्थी प्रकरणमा एमालेलाई फसाउने षड्यन्त्र नगर्दा हुन्छ अध्यक्ष ओली

१ बर्ष अघि

२0८0 बैशाख २४ आईतवार

नक्कली शरणार्थी प्रकरणमा एमालेलाई फसाउने षड्यन्त्र नगर्दा हुन्छ अध्यक्ष ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीलाई फसाउने षड्यन्त्र नगर्न भन्नुभएको छ । सङ्घीय संसद् भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा उहाँले आफूले र आफ्नो पार्टीले दोषीलाई कारबाही गर्ने विषयमा तलमाथि नगर्ने भन्दै यस्तो बताउनु भएको हो । अध्यक्ष ओलीले यस प्रकरणमा एमालेलाई फसाउने प्रयास नगर्न चुनौती समेत दिनुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले कसैलाई बचाउने र कसैलाई फसाउने नियतका साथ ‘म कसैलाई छोडदिनँ’ भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई सफल हुन नदिइने चेतावनी समेत दिनुभयो ।  

प्रधानमन्त्री प्रचण्डले शनिवार हिजो ओलीसँगको भेटपछि आफूले कसैलाई पनि नछोड्ने अभिव्यक्ति दिनु भएको थियो । त्यसप्रति ओलीको आपत्ति छ । आफूलाई भेट्न बोलाएर आफैँलाई दोषी देखाउनेगरी प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति आफूलाई सैह्य नहुने ओलीको भनाइ छ । 

उहाँले वर्तमान सरकारजस्तो प्रतिपक्षी विरोधी सरकार आफूले ५८ वर्षको राजनीतिक जीवनमा कहिल्यै नदेखेको आरोप समेत लगाउनु भयो । 

अध्यक्ष ओलीले भ्रष्टाचार विरुद्धको मुद्दामा कडा ढङ्गले प्रस्तुत हुन पनि पार्टीका सांसदलाई निर्देशन दिनु भयो ।