भारतीय दुतावासको अनुदानमा फोहोर पानी व्यवस्थापन परियोजनाको शिलान्यास

१ बर्ष अघि

२0८0 बैशाख २४ आईतवार

भारतीय दुतावासको अनुदानमा फोहोर पानी व्यवस्थापन परियोजनाको शिलान्यास

सोलखुम्बु । भारतीय राजदूत र सोलखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले खुम्जुङ खुन्दे फोहोर पानी व्यवस्थापन परियोजनाको शिलान्यास गरेका छन् ।शनिबार शिलान्यास गरिएको उक्त भारतीय अनुदान सहयोगमा निर्माण हुन लागेको हो ।यो परियोजनाले सोलुखुम्बुका दुर्गम क्षेत्रमा सामुदायिक सेवा उपलब्ध गराउन सहयोग गर्ने बताइएको छ ।खुम्जुङ, खुन्दे, नाम्चे बजार र थामे उपत्यकाका १२०० भन्दा बढी घरलाई बिजुली उपलब्ध गराउन सन् २०१७ जनवरीमा थामेखोला साना जलविद्युत परियोजनाको स्तरोन्नति गरिएको थियो ।