विमान समुद्रमा खस्यो १सय ८८ जना यात्रु सवार थप जानकारी अाउन बाँकि

५ बर्ष अघि

२0७५ कार्तिक १२ सोमबार

विमान समुद्रमा खस्यो १सय ८८ जना यात्रु सवार थप जानकारी अाउन बाँकि

दृष्टिकाेण समाचार कार्तिक १२ 

  इन्डोनेसियाको जाकार्ताबाट पांकल पिनांग जान लागेको विमान दुर्घटनामा परेको छ । घरेलु यात्रु बोकेर उडेको विमान विमानस्थलबाट उडेको १३ मिनेटमा नै समुद्रमा खसेको छ। 

स्राेतका अनुसार विमानमा १८८ जना सवार थिए । इन्डोनेशियाको सर्च एण्ड रेस्क्यू एजेन्सीका प्रवक्ता  यूसुफ लतीफले विमान दुर्घटनामा परेको पुष्टि गरेका छन् । हराएको विमान बोइंग–७३७ म्याक्स ८ हो । 

संसारभरको उडानको जानकारी राख्ने वेबसाइट फ्लाइटराडरको डाटामा लायन एयर फ्लाइट जेटी–६१० स्थानीय समयअनुसार बिहान करिब ६:२० बजे विमानस्थलबाट उडेको करिब १३ मिनेटपछि समुद्रमा खसेको देखाएको छ । सिग्नल टुट्नु केहीबेर अघि विमान करिब ३६५० फिट उचाइमा थियो । बिमानकाे थप बिवरण अाउन बाँकि रहेकाे अन्तरराष्टिय सञ्चार माध्यमले जनाएका छन ।