बालुवाटार बैठकको निष्कर्ष प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्दैन

१ बर्ष अघि

२0८0 बैशाख २३ शनिबार

बालुवाटार बैठकको निष्कर्ष  प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्दैन

काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ। बालुवाटारमा बसको गठबन्धनको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो।


रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता दिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने दबाब बढिरहेको छ। तर, बालुवाटार बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हिताराज पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने कानुन नभएको प्रष्टाए।

बैठकमा भोलिदेखि चल्ने संसदमा संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताए। भोलिको बैठकमा सरकारको सिद्धान्त र प्राथमिकताबारे प्रस्तुत गर्ने कार्यक्रम रहेका उनको भनाइ छ।

अहिलेको बजेट र नीति तथा कार्यक्रममा के कुरालाई प्राथमिकता दिने भनेर प्रधानमन्त्रीले सबैसँग सुझाव मागेको बताए। संसदीय समिति, प्रधानन्यायाधीश नियुक्ति, नागरिकतालगायतको विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको बताए। बैठकमा अधिवक्ताहरूसँग पनि प्रधानमन्त्रीले सुझाव लिएका थिए।