नक्कली शरणार्थी विरुद्धको मुद्दा रोकिँदैन, दृढताकासाथ अघि बढ्छ प्रधानमन्त्री प्रचण्ड

१ बर्ष अघि

२0८0 बैशाख २३ शनिबार

नक्कली शरणार्थी विरुद्धको मुद्दा रोकिँदैन,  दृढताकासाथ अघि बढ्छ प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउनेविरुद्धको कारबाही नरोकिने दाबी गर्नुभएको छ ।

आज सिंहदरबारमा एमालेका अध्यक्ष ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अभियुक्तहरुको खोजी र कारबाही नरोकिने बताउनुभएको हो ।

‘उनीहरुविरुद्धको कारबाही रोकिँदैन, प्रक्रिया, पद्धति र ऐन अनुसार दृढताको साथ अगाडि जान्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड्ली अगाडि गइन्छ’ प्रचण्डले भन्नुभयो । 

एमाले अध्यक्ष ओलीले तपाईँसँग टोपबहादुर रायमाझीलाई बचाउन आग्रह गर्नुभएको हो रु भन्ने प्रश्नमा प्रचण्डले भन्नुभयो, ‘अस्ति र आज उहाँसँग यो विषयमा कुराकानी भयो तर उहाँले प्रधानमन्त्रीसँग कसैलाई बचाउने कुरा गर्न मिल्दैन, प्रधानमन्त्रीसँग यस्ता कुरा गर्न कसैले पनि सक्दैन ।’

साथै, उहाँले आफू दबाबमा नपरिकन काम गर्ने बताउनु भएको छ ।