चिनियाँ विहारमा डेढघण्टा बिताएका प्रचण्ड मायादेवी मन्दिरै छिरेनन्’

१ बर्ष अघि

२0८0 बैशाख २३ शनिबार

चिनियाँ विहारमा डेढघण्टा बिताएका प्रचण्ड मायादेवी मन्दिरै छिरेनन्’

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान करिब ९स्१५ बजे लुम्बिनी क्षेत्रमा रहेको हेलिकप्टर यार्डमा अवतरण गरे । उनी त्यहाँ पुग्दा भिक्षु, सरकारी अधिकारीसहितको टोली शोभायात्राको क्रममा अन्तर्राष्ट्रिय हलमा पुगिसकेका थिए ।

सरकारले नै आयोजना गरेको कार्यक्रम निर्धारित समयमा नै सुरु भयो । औपचारिक कार्यक्रम करिब पौने ११ बजे सकिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली समाजको आमूल परिवर्तनको आकांक्षासहित सुरु गरिएको महान् जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्तिप्रक्रियामा रूपान्तरण भएको बताए छन् ।

‘क्रान्तिको नेतृत्व गरेको पार्टी र त्यसको नेतृत्वले विस्तृत शान्ति सम्झौतामार्फत क्रान्ति र शान्तिलाई एकअर्काको परिपूरकका रूपमा व्यवहारसिद्ध गर्नु तथा राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणको सफल नेतृत्व गर्नुले बुद्धका शिक्षाहरूबाट हामी प्रभावित मात्र होइन, हाम्रो विशिष्टता र मौलिकतामा देश र जनताको सार्वभौम हितका निम्ति अनुसरणसमेत गरिरहेका छौँ भन्न सकिन्छ,’ दाहालले भने, ‘यसलाई जसरी विश्लेषण र संश्लेषण गरेर विश्वशान्तिका निम्ति स्वामित्व लिनुपर्थ्यो, त्यसमा कतै हामी चुकिरहेका त छैनौँ भन्ने अनुभूत हुन्छ ।’

दाहालले विश्लेषण र संश्लेषण गरेर विश्वशान्तिका निम्ति स्वामित्व लिनुपर्थ्यो यसतर्फ ध्यान दिन उनले बौद्धिक समुदायलाई अपिल गरेका छन् । उनको यो भनाइमा सशस्त्र द्वन्द्वपछि शान्ति रूपान्तरणको विषयलाई अझै विश्व समुदायले नबुझेको भनाइको आशय बुझिन्थ्यो ।