चिनियाँ टोली द्धारा गरिएको काठमाडौ नुवाकोट जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन मै अलमल

१ बर्ष अघि

२0८0 बैशाख २३ शनिबार

चिनियाँ टोली द्धारा गरिएको काठमाडौ नुवाकोट जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन मै अलमल

काठमाडौं । काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन गरेको चार वर्ष बिते पनि यसमा थप प्रगति छैन ।
करिब २० जनाको चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर सुरुङ निर्माण गर्ने क्षेत्रको प्रारम्भिक अधययन गरेको थियो ।

२०७६ फागुनमा आएको टोली माघमा अध्ययन सकेर चीन फर्किएको थियो । त्यसपछि यसमा कुनै प्रगति हुन सकेन । उनीहरू गएको केही समयपछि कोभिड महामारी सुरु भएकाले टोली सम्पर्कविहीन बनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख एवं सहसचिव अर्जुनजंग थापा बताउँछन।

टोली अध्ययन गर्न आउँदा थापा मन्त्रालय अन्तर्गतकै विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख थिए । ‘अध्ययन गरेर गएको टोली लामो समय सम्पर्कमा थिएन,’ थापाले भने, ‘अहिले आएर सुरुमा गरिएको प्रारम्भिक अध्ययन अनुसार वातावरणीय अध्ययन गर्न भनिएको छ ।’ टोलीले ८ महिनाअघि चिनियाँ दूतावासमार्फत इमेल पठाएर वातावरणीय अध्ययनको काम अघि बढाउन भनेको हो । ‘त्यसपछि विस्तृत अध्ययन गर्न आफूहरू तयार रहेको उनीहरूले बताएका छन्,’ उनले भने ।

चार वर्षअघि अध्ययन गर्न आएको टोलीले सुरुङ निर्माण गर्ने क्षेत्रको सडक सञ्जालको तथ्यांक, जनसंख्या लगायत बारे तथ्यांक मागेका थिए । ‘जेजे उपलब्ध थियो, हामीले त्यो दियौं,’ उनले भने, ‘टोलीले फिल्डमा गएर पनि प्रारम्भिक अध्ययन गरेका थिए ।’ सुरुमा प्रारम्भिक रिपोर्ट नेपाल पठाउन भने पनि पठाएनन । तर अहिले सम्पर्कमा आएर सामान्य खालको रिपोर्ट पठाए, जुन वातावरणीय अध्ययनका लागि पर्याप्त नभएको थापाले जनाए । अब सम्भाव्यता अध्ययन गर्नुपर्छ । त्यसपछि विस्तृत परियोजना रिपोर्ट ९डीपीआर० तयार गर्ने गरी अध्ययन गर्नुपर्छ । वातावरणीय अध्ययन गर्न डीपीआर तहको अध्ययन गरेको प्रतिवेदन चाहिने भए पनि त्यो रिपोर्ट नभएको उनले सुनाए ।