दार्चुलाको सेलामा  जिब दुर्घटना ३ जना घाईते  हेर्नुहाेस पुरा बिवरण

५ बर्ष अघि

२0७५ कार्तिक ११ आईतवार

दार्चुलाको सेलामा  जिब दुर्घटना ३ जना घाईते  हेर्नुहाेस पुरा बिवरण

दृष्टिकोण समाचार कार्तिक ११ दार्चुला
दार्चुला जिल्लाको महाकाली नगरापलिका वडा नं ३ सेलामा जिब दुर्घटना हुदा ३ जना घाईते भएका छन । 
आईतबार दिउसो से १ ज २६७ नम्बरको महाकाली यातायातको जिब  दल्लेकबाट दार्चुला सदरमुकाम खलंगा आउदैगरेको जिब दुर्घटना हुदा चालक सहित ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रबक्ता हिक्मत बोहराले जनाएको छ ।


महाकालि नगरपालिका ३ काटै र सेलाको विचमा जिब सडकबाट करिब १सय ५० मिटर तल खसेको र महाकाली नगरपालिका ४ का जिब चालक गगन सिह धामी , दुहुँ गाँउपालिका ४ का कले भट्ट र नौगाड गाँउपालिकाका रघुविर सिह ठगुन्ना रहेका छन । भने चालक गगन सिह धामीको अवस्था चिन्ता जनक रहेको छ । जिल्ला ट्राफिक कार्यालय दार्चुलाले एक महिना पहिले उक्त गाडिलाई चलाउन रोक लागाएको भएपनि मनोमानि ढङगबाट गाडि चलाउदा दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त घटना स्थलमा प्रदेश सांसद गेल्बु सिह बोहरा, प्रहरी नायव उपरिक्षक नवराज अधिकारी र शसस्त्र प्रहरी प्रमुख भिमबहादुर चन्दको टोलि समेत घटना स्थलमा पुगेका थिए । घाईतेहरुलाई नेपाल प्रहरी र स्थानियको सहयोगमा उदार गरि उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।