राष्ट्रिय स्वतन्त्र पार्टी झन् बलियो, रविको रेकर्ड ब्रेकु, २५ दिनमै स्वर्णिम वाग्लेको सानदार जित

१ बर्ष अघि

२0८0 बैशाख १२ मंगलवार

राष्ट्रिय स्वतन्त्र पार्टी झन् बलियो, रविको रेकर्ड ब्रेकु, २५ दिनमै स्वर्णिम वाग्लेको सानदार जित

काठमाण्डौ – उपचुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा झन् बलियो बनेको छ । यसअघि संसदमा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अब २१ सिट हुने भएको छ । नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर भएर सभापति रवि लामिछानेको सांसद पद गुमेपछि राष्ट्रिय स्वतन्त्र पार्टी १९ सिटमा सीमित थियो तर यो उपचुनावमा उसले एक सिट थपेर २१ सिट पुर्‍याएको छ ।

चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले यसअघिको आफ्नै ुरेकर्डु समेत तोड्नुभएको छ । गएको मङ्सिर ४ गते भएको चुनावमा उहाँले ४९ हजार तीन सय मत ल्याएर विजयी हुनुभएको थियो भने अहिले ५४ हजार एक सय ७६ मत पाउनुभएको छ । उहाँले अहिले मङ्सिरमा पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेकु गर्नुभएको हो ।

चितवनमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार दुई सय ५१ मत ल्याउनुभयो । गएको मङ्सिरको चुनावमा कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएकोमा यस पटक उसले झन्डै चार हजार मत गुमाएको छ ।

यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३५ पाउनुभयो । गएको मङ्सिरमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय मत ल्याएकोमा अहिले एमालेको ३६ सय मत गुमेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक मतान्तरको जित निकाल्दा डाक्टर स्वर्णिम वाग्लेले तनहुँ क्षेत्र नम्बर –१ मा विजय हासिल गर्नुभयो । चैत १५ गते नेपाली कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएका वाग्लेले तनहुँ–१ मा लोकप्रिय मानिएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई २५ दिनकै प्रयासमा १४ हजार सात सय ९७ मतान्तरले हराउनुभयो । वाग्लेले ३४ हजार नौ सय १९ मत पाउनुभयो ।

यसअघि गएको मङ्सिरमा भएको चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल २५ हजार छ सय ६१ मत ल्याएर विजयी हुनुभएकोमा अहिले गोविन्द भट्टराईले २० हजार एक सय २२ मतमात्रै ल्याउनुभयो । चार महिनामा कांग्रेसले तनहुँमा पाँच हजार पाँच सयभन्दा धेरै मत गुमायो ।

यस्तै यसअघिको चुनावमा एमालेका उम्मेदवार एकबहादुर रानाले तनहुँ–१ मा १९ हजार नौ सय ८१ मत ल्याएर दोस्रो स्थानमा रहँदा अहिले एमालेका उम्मेदवार सर्वेन्द्र खनाललले जम्मा आठ हजार चार सय ४८ मतमात्रै ल्याउनुभयो ।

तनहुँ–१ मा एमालेले चार महिनामै ११ हजारभन्दा धेरै मत गुमायो । तनहुँमा गएको मङ्सिर ४ गते भएको चुनावमा छ हजार ४४ मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले चार महिनामै २८ हजारभन्दा धेरै मत थपेको छ ।