बारा–२ मा उपेन्द्र यादवले २ हजार ६ सय मत प्राप्त गर्दा रमेश खरेललाई ३ सय ३ मत

१ बर्ष अघि

२0८0 बैशाख ११ सोमबार

बारा–२ मा उपेन्द्र यादवले २ हजार ६ सय मत प्राप्त गर्दा रमेश खरेललाई ३ सय ३ मत

काठमाण्डौ – बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपचुनावमा मतगणना चलिरहेको छ । अहिलेसम्म छ हजार सात सय ७४ मत गन्दा जनता समाजवादी जसपा का उपेन्द्र यादवको अग्रता कायमै छ । 

ताजा मतपरिणामअनुसार यादवले दुई हजार छ सय मत प्राप्त गर्नुभएको छ । उहाँलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पछ्याइरहनुभएको छ । कुशवाहाले दुई हजार ६७ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच झन्डै छ सयको मतान्तर रहेको छ । 

यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले आठ सय ६१ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का रमेश खरेलले तीन सय तीन मत प्राप्त गर्नुभएको छ ।