तनहुँ–१ मा स्वर्णिम वाग्लेलाई १० हजारभन्दा धेरै मतको अग्रता

१ बर्ष अघि

२0८0 बैशाख ११ सोमबार

तनहुँ–१ मा स्वर्णिम वाग्लेलाई १० हजारभन्दा धेरै मतको अग्रता

तनहुँ – तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उपचुनावमा मतगणना चलिरहेको छ । अहिलेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का डा। स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लैजानुभएको छ । 

ताजा परिणामअनुसार वाग्लेले २३ हजार नौ सय ६६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १३ हजार आठ सय १२ मत प्राप्त गर्नुभएको छ । भट्टराईभन्दा वाग्ले १० हजार एक सय ५४ मतले अघि हुनुहुन्छ । 

यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले छ हजार सात सय ९५ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो ।