दार्चुला तिंकर सडकको विजयपुर भिरमा  १ सय ६७ मिटर ट¥याक  खुल्यो ।।

५ बर्ष अघि

२0७५ कार्तिक ११ आईतवार

दार्चुला तिंकर सडकको विजयपुर भिरमा  १ सय ६७ मिटर ट¥याक  खुल्यो ।।

सुलोचना महता  कार्तिक ११ गते दार्चुला ।
दार्चुला जिल्लाको तिंकर सडक अन्र्तगत पर्ने दुहुँ गाउँपालिकाको वाड नं. १ पीपलचौरीको विजयपुर भिरमा आठौँ पटक विष्फोटक पदार्थ (जिलेटीन) पड्काउँदा १ सय ६७ मिटर ट¥याक बाटो खुलेको छ । 
आर्थिक बर्ष २०६६ ÷६७ बाट सञ्चालन गरिएको तिंकर सडक आयोजनाले बिजय पुरकाे भिरमा १ सय ६७ मिटर सम्म काम सम्पन्न गरिएको सुचना अधिकारी तथा इनिजिनियर दिनेश रैखोलाले बताउनु भएको छ । २०७५ असार १० गते बझाङ जिल्लाबाट ९ हजार ३० किलोग्राम विष्फोटक पदार्थ (जिलेटीन) ल्याइएकामो सुरुमा भाद्र ३ गतेका दिन ३६ किलोगा्रम जिलेटिन पड्काइएको थियो । 
सदरमुकाम खलंगाबाट नेपाली सेना र तिंकर सडक आयोजनाका ठेकेदार सहितको टोली बिहान विष्फोटक पदार्थ (जिलेटीन) लगेर काम सञ्चालन गरि बेलुकी सम्म काम सम्पन्न गरिएको  दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति गणेश रावलले बताउनु भयो ।

विजयपुर भिरमा  हाल सम्म विष्फोटक पदार्थ (जिलेटीन) पड्काउँदा  १ सय ६५ किलोग्राम विष्फोटक पदार्थ प्रयोग भएकोमा ३ मिटर बाँकी रहेको तथा ट¥याके खुलि सकेको तिंकर सडक आयोजनाका सुचना अधिकारी तथा इनिजिनियर दिनेश रैखोलाले बताउनु भयो । विजयपुरमा भिरमा जिलेटिनको अभाबमा सडक निमार्ण कार्य अबरुद्ध रहेकोमा तिहारले अलि काममा अबरुद्ध गरेतापनि बाँकी दिनहरुमा सडक निमार्ण कार्य तिब्र गतिले अगाडी बढ्ने तिंकर सडक आयोजनाले जनाएको छ ।