काठमाडौं– निर्वाचन आयोगले आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको बताएको छ। प्रतिनिधि सभा सदस्य रिक्त भएपछि चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन भएको हो।
आइतबार बिहाजन १० बजेबाट साँझ ५ बजेसम्म भएको मतदान शान्तिपूर्ण भएको आयोगले बताएको छ।
‘आइतबारका लागि निर्धारित बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २, चितवन जिल्ला निर्वाचन क्षेत्र २ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ,’ आयोगले एक विज्ञप्ती जारी गर्दै भनेको छ।
यस्तै, आयोगले मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको पनि बताएको छ। आयोगमा प्रवष्टि भएको हालसम्मको विवरण अनुसार समग्रमा करिब ६० प्रतिशत मतदान भएको आायेगले बताएको छ। क्षेत्रगत रुपमा बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ १ मा ५३ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ १ मा ५४ दशमलव ०३ प्रतिशत मत खसेको थियो। तीन वटै निर्वाचन क्षेत्रमा ३ लाख ५३ हजार २४७ मतदाता रहेको आयोगले जनाएको छ।