तानाशाह विरुद्ध जनता , मुख्यमन्त्रीको पनि दादागिरी , निर्वाचन आयोगको स्पष्टीकरण पत्र ?

१ बर्ष अघि

२0८0 बैशाख १0 आईतवार

तानाशाह विरुद्ध जनता , मुख्यमन्त्रीको पनि दादागिरी , निर्वाचन आयोगको स्पष्टीकरण पत्र ?

बारा –  मधेश प्रदेशको बारा जिल्लाको २ नम्बर छेत्रमा जित्नका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहितको समुहले जबर्जस्ती बुथ कब्जा गरि रहेका छ्न । उम्मेदवार यादवका नेताकार्यकर्ताहरु धमाधम पक्राउ परे देखि यो सत्य तथ्य खुल्न थालेको छ ।   यहि निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव सङ समेत स्पष्टीकरण मागेको घटनाले थप बल मिलेको छ कि उपेन्द्र समूह जसरी पनि चुनाव जित्ने कसरत गरेको छ । जनताले अब यो बुझ्न जरुरी रहेको छ कि यस्ता तानाशाह सैलीमा चुनाव जित्ने सङ जनताले कसरी काम गराउन सक्छ । यस्ता तानाशाह विरुद्ध जनता समयमा जागेन भने ५ बर्स नै दु:ख भोग्नु पर्ने छ । यस्तो जातीयता र तानाशाह सैलीमा उपेन्द्रको समूह परिचालन भएको हो म यिनिहरु लाई जनता भन्दा पनि आफ्नो नेतालाई जिताउने अनि सासाद बनाउने मात्र हो । बारा को बिकासमा कुनै योगदान हुने छैन । अहिले मधेश प्रदेशमा रहेको आफ्नो सरकार र सत्ता दुरुपयोग गरि जसरी पनि चुनाव जित्ने यसका मुख्यमन्त्री सरोज कुमार यादव आफै परिचालन भएका छ्न । सरकारी गाडीको दुरुपयोग गरि उपेन्द्र यादवका लागि उनी निर्वाचन आयोगलाई जानकारी न गराई अहिलेपनि प्रचारप्रसार मै रहेको जस्तो देखिन्छ