तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता

१ बर्ष अघि

२0८0 बैशाख ९ शनिबार

तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता

दार्चुला । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक पुरुष बेपत्ता भएका छन् । व्याँस गाउँपालिका २ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएका  वडा अध्यक्ष धिरेन सिंह बुढाथोकीले जानकारी दिए ।

शनिबार दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएको उनले बताए ।

तुइनबाट एकजना मानिस खसेको जानकारी आएको र घटनास्थल तर्फबाट प्रहरीचौकी दुम्लिङबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।