अपराध नियन्तणमा सबैले एकजुट हुनपर्छ ः सांसद ठगुन्ना   

५ बर्ष अघि

२0७५ कार्तिक ११ आईतवार

अपराध नियन्तणमा सबैले एकजुट हुनपर्छ ः सांसद ठगुन्ना   

ललित सामन्त कार्तिक ११ दार्चुला ।
देशमा बिभिन्न खालका घटनाहरु घटिरहेका बेला नेपाल प्रहरीले समुदाय–प्रहरी साँझेदारी कार्यक्रमले समाजलाई अपराध मुक्त बनाउन सहयोग पुग्ने कार्यक्रका सहभागीले जोड दिएका छन ।
आईतबार देशभरी समुदाय–प्रहरी साँझेदारी कार्यक्रमको आज देशभरी उद्धघाटन गरिएको छ । उद्धघाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा दार्चुला जिल्ला बाट प्रतिधि सभा सासद गणेश सिह ठगुन्नाले दार्चुला जिल्ला लगायत देशलाई अपराध मुक्त देश घोष्णका लागि समाज र व्यतिको जिम्मेवारी भएकाले सबैले सहयोग र्गुनु पर्ने कुरामा जोड दिएका हुन ।
शान्ति सुरक्षा र समग्र देशको विकासकालागि स्थानीय तहहरु सित सहकार्य गरि देशको विकासमा सहग पुगाउन समुदाय–प्रहरी साँझेदारी पत्रमा हस्ताक्षर कार्यक्रम गरि आज औपचारीक रुपमा देशभरी उद्धघाटन गरिएको छ । कार्यक्रममा शुभकामना दिदै दार्चुला जिल्ला क्षेत्र नं.१ का प्रदेश सभासद गेल्बु सिह बोहराले दार्चुला जिल्लाका स्थानीय सरकारहरुको पहिलो प्राथमिक्ता गाँउटोल तथा समुदायको शान्ती सुरक्षा कायम गर्नु र जिल्लाको विकासमा अगाडि बढनु पहिलो आवश्यक्ता रहेकाले प्रहरीले चालेको कदममा हातेमालो गर्नु आबश्यक रहेको बताउनु भयो । 
त्यसैगरि दार्चुला जिल्ला क्षेत्र नं.२ का प्रदेश सांसद  मानबहादुर धामीले नितिगत रुपमा प्रतेक जिल्लामा पुगेको र अवका दिनमा प्रतेक टोल टोलमा यो अभियान पुगाउन सके प्रभावकारी बन्न सक्ने बताउनु भयो ।

कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमाकान्त आर्चायको अध्यक्षता एव्म दार्चुला बाट निर्वाचित सासंद गणेश सिह ठगुन्नाको प्रमुख आर्थित्यता तथा प्रदेश सासंद दोय गेल्बु सिह बोहरा र मान बहादुर धामी (सन्तोष) को विष्टिट आर्थित्यतामा कार्यक्रमसम्पन भएको हो । त्यस्तै दार्चुलाका ९ आटै स्थानीय तहका जनप्रतिनिधिहरु वडाका वडा अध्यक्ष हरु सरकारी तथा गैर सरकारी संघ सस्थाका जनप्रतिनिधिहरु सुरक्षा निकायका प्रमुख एव्म प्रतिनिधिहरु लगायत आम सरोकारवाल निकायका पदाधिकारीहरुरको सहभागिता रहेको थियो ।