बारा २ को चुनाव राजनीतिक मैदानमा कि उपेन्द्र जिताउने, कि त हराउने अभियान 

१ बर्ष अघि

२0८0 बैशाख ८ शुक्रबार

बारा २ को चुनाव राजनीतिक मैदानमा कि उपेन्द्र जिताउने, कि त हराउने अभियान 

काठमाडौं । बारा २ मा तापक्रम बढ्दै जाँदा चुनावी गर्मीको पारो पनि उत्कर्षमा पुगेको छ । आममतदाताले नयाँ प्रतिनिधि कसलाई छान्ने भन्ने मुड बनाइसकेको देखिन्छ । ३४ जना उम्मेदवार उठेको भएपनि मुख्य प्रतिस्पर्धा पाँचदलीय सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाबीच नै देखिएको छ ।

कुशवाहा यसअघि सम्पन्न भएको निर्वाचनमा तत्कालीन पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार भएर झिनो मतान्तरले पराजित भएका थिए । अहिले उनी जनमत पार्टीबाट उम्मेदवार बनेका छन् ।

त्यसबाहेक नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र आमजनता पार्टीबाट अरुणकुमार ज्ञवाली समेत चुनावी मैदानमा भिडेका छन् ।

२०७९ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा चुनावमा जसपाले जीत हात पार्न सफल भएपनि वैशाख १० गते हुने उपनिर्वाचनमा भने जसपालाई विरासत जोगाउन चुनौती थपिएको छ ।

२०७९ मंसिरमा जसपाका रामसहाय प्रसादयादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा( २ मा उपनिर्वाचन हुन लागेको हो ।

बाहिरबाट झट्ट हेर्दा चुनावी गणितमा उपेन्द्र धेरै अगाडि देखिए पनि ग्राउन्डमा भने उनलाई जिताउने र हराउने दुवै अभियान सँगसँगै अगाडि बढेको देखिन्छ ।

यसअघि सप्तरी( २ मा उपेन्द्रलाई पराजित गरेका जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त ९सीके० राउत नै अहिले उपेन्द्रका लागि सबैभन्दा ठूलो तगारो बनेका छन् ।

उपनिर्वाचनबाट संसद छिर्ने तयारी गरेका उपेन्द्रलाई रोक्न सीके राउत आफैं अग्रसर भएपछि उनलाई सहज देखिएको छैन ।

संगठन नै नभए पनि बारा(  २ मा जनमत पार्टीको पक्षमा जबरजस्त माहोल देखिन्छ ।

महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुर घर भएका रामअशिषेप्रसाद साह जनमत पार्टीलाई नै मतदान गर्ने बताउँछन् ।

बाराको प्रसिद्ध गढीमाई मन्दिरकै छेउमा सिंगार पसल सञ्चालन गरेका साहले यसपटक जनमतका उम्मेदवार शिवचन्द्र  कुशवाहालाई मतदान गर्ने बताए ।

पटक(पटक जसपाले चुनाव जिते पनि क्षेत्रमा विकासको केही काम भएको छैन,ु साहले लोकान्तरसँग भने, ुविगतमा पनि पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेका कुशवाहाले जित्न सकेनन् । यसपटक पनि गठबन्धनको उम्मेदवार उपेन्द्रजीलाई मुस्किल नै छ ।ु

दलगतभन्दा पनि जातिगत आधारमा यादव तथा गैरयादवबीच ध्रुवीकरण भएका कारण कुशवाहा जित्ने सम्भावना रहेको उनको दाबी छ ।

गत निर्वाचनमा स्वतन्त्रबाट रामकिशोर यादव, रवीन्द्रप्रसाद यादव उम्मेदवार थिए । तर यसपटक उपेन्द्रकै लागि तीमध्ये कोही पनि उम्मेदवार नहुँदा यादव जातिको ध्रुवीकरण भएको जस्तो हामीलाई लागेको छ,ु उनले थपे, ुत्यसैले यादव बाहेकका अन्य जाति पनि एकजुट भएको स्थिति छ ।ु

महागढीमाई नगरपालिकाको बबुआइन गाउँमा भेटिएका जगरनाथ गिरी भने उपेन्द्र यादवले नै जित्ने ठोकुवा गर्छन् । उनी कांग्रेसका कार्यकर्ता हुन् ।

ुयसपटकको चुनावमा कांग्रेस इमान्दारीपूर्वक लागेको छ । त्यस कारण पनि उपेन्द्रजी फराकिलो मतान्तरले चुनाव जित्नुहुन्छ,ु गिरीले लोकान्तरसँग भने ।

महागढीमाई नगरपालिका वडा नम्बर ६ लक्ष्मनवा गाउँमा भेटिएका अतिउल्लाह देवान पनि जसपा र जनमतबीच नै प्रतिस्पर्धा रहेको बताउँछन् ।

ुयहाँ कि छाता को भोट छ कि त हर्न छापको भोट छ । दुवैबीच कडा टक्कर छ । दुईमध्ये एकले चुनाव जित्ने हो,ु देवानले लोकान्तरसँग भने, ुयादव जाति एकत्रित रहन सक्यो भने उपेन्द्रजीको जीत ठोकुवा हो । विभाजित भयो भने जनमतले जित्छ ।ु आफूहरूले भने हर्न छापमा मतदान गर्ने उनले खुलाए ।
पचरौता नगरपालिका वडा नम्बर ९ कुडवा गाउँमा भेटिएका ५७ वर्षीय हितलाल यादव उपेन्द्र यादवको जीत सुनिश्चित रहेको ठोकुवा गर्छन् ।

ुमधेश आन्दोलनको नेतृत्वकर्ता तथा पार्टी अध्यक्ष समेत भएकाले पनि मतदाताले उपेन्द्रजीलाई मतदान गर्छन्,ु उनले लोकान्तरसँग भने, ुजनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा दबंग तथा बाहुबली नेता भएकाले धेरैले उनलाई रुचाएका छैनन् ।ु

पचरौता नगरपालिका वडा नम्बर ८ बजिरपट्टिमा भेटिएका  ८० वर्षीय विरण राउत यादव भने आफूहरूले नेकपा एमालेमा मतदान गर्ने बताउँछन् । ुनेकपा एमालेकै कारण वृद्ध पेन्सन हामीले पाएका छौं । नुन खाएपछि नुनको त सरियत दिनैपर्छ,ु यादवले लोकान्तरसँग भने, ुगाउँका मानिसले छाता र हर्न भने पनि म सूर्यमा नै मतदान गर्छु ।ु

सोही गाउँमा भेटिएका २९ वर्षीय गौरीशंकर प्रद यादव पनि आफूहरू सूर्यमा नै मतदान गर्ने बताउँछन् ।

ुमेरो बुवा गोबरीप्रसाद यादव एमालेबाट नै २० वर्षसम्म मुखिया बन्नुभयो,ु उनले लोकान्तरसँग भने, ुजातिको नाममा हामीले छाता छापलाई भोट हाले पनि जसपावालाहरूले पत्याउँदैनन् । त्यसैले आफ्नै पार्टी एमालेमा मतदान गर्छु ।ु

आफ्नो गाउँमा जसपाको ६ सय, एमालेको ४ सय  र जनमतको २ सय मत आउने अनुमान उनले सुनाए ।

महागढीमाई  नगरपालिका वडा नम्बर ४ मा भेटिएका शिवा पासवान भने हर्न छापमा नै मतदान गर्ने बताउँछन् ।


सोही नगरपालिकाको वडा नम्बर ८ धर्मपुरमा भेटिएका भल्लुप्रसाद यादव र जयचन्द्रप्रसाद यादव दुवैले छाता र हर्नबीच नै प्रतिस्पर्धा रहेको बताए ।

ुजसपा र जनमतबीच प्रतिस्पर्धा रहे पनि यो गाउँमा छाताकै माहोल छ,ु उनीहरूले लोकान्तरसँग भने ।

सोही वडाको बेतौनामा भेटिएका श्यामकुमार प्रसाद बरईले आफ्नो गाउँमा छाता, हर्न र मोबाइल ९प्रभु साहको पार्टी०को मात्र भोट रहेको बताए । तीनै पार्टीबीच यहाँ प्रतिस्पर्धा हुने उनले बताए ।

पचरौता नगरपालिकाको वडा नम्बर १ पिपरपातीमा भने अधिकांश मत हर्नको रहेको लोसपाका एक नेताले बताए ।

 चौकमै १२ जना जतिको समूहमा चियापसलमा भेटिएका उनीहरूले नाम र फोटो नलिन आग्रह गरेका थिए ।

ुयो वडामा लोसपाका विनय सिंह वडाध्यक्ष छन् । तर लोसपाको मत उपेन्द्रमा नगएर हर्नमा जान्छ,ु उनीहरूले भने, ुयो गाउँमा जसपा र लोसपाबीच नै संघर्ष हुँदै आएकाले गठबन्धनबाट लोसपा सन्तुष्ट छैन ।ु

करीब १ हजार जति मत हर्नमा जाने, ४०० मत छातामा र १२५ मत सूर्यमा जाने उनीहरूले अनुमान गरे । लोसपाका वडाध्यक्ष सिंहलाई कुल २३ सयमध्ये १७ सय मत परेको थियो ।

त्यसो त पचरौता नगरपालिकामा एमालेका जलन्धर सिंह मेयरमा निर्वाचित भएपनि समग्र पालिकामा एमालेभन्दा जसपा र जनमतमा नै मत जाने उनीहरू बताउँछन् ।

ुप्रदेश सभामा स्वतन्त्र उम्मेदवार रहेका प्रभुनाथ पटेल जनमत पार्टीमा प्रवेश गरेका कारण पनि जनमतको माहोल बढेको छ,ु उनीहरूले लोकान्तरसँग भने ।

देवताल गाउँपालिकाको वडा नम्बर ४ पिपराढीको एक पसलमा भेटिएका तीनजनाले आफूहरूले हर्नमा मतदान गर्ने बताए । लोकान्त न्युज बाट