काठमाडौं – पटक पटक मधेशलाई धोका दिदै आएका र मधेशी जनताको बलिदान बाट आफू मन्त्री बनेका जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यदवले फेरि जनतालाई झुठो प्रसाद बाडि रहेका छ्न । अध्यक्ष उपेन्द्र जसरी पनि मन्त्रालय छिर्ने दाउमा लागेका छ्न । यादव लाई सप्तरी २ का जनताले लखेटे पछि अहिले यादव बारा २ मा पुगि चुनाव मैदानमा ओर्लिएका छ्न । जसपामा अध्यक्ष यादवलाई हराउँन पार्टीका केन्द्रिय नेताहरु पनि गोप्य रूपमा लागेका छन , यादवलाई कुनै हालमा जित्न नदिने दाउ खेली सकेका छ्न । जनता समाजवादी पार्टी भनेको मात्र यादवहरुको भन्दै उनकै पार्टीमा बिरोध समेत शुरु भएको छ । मधेश पार्टीको स्थापना काल देखि नै उपेन्द्रको पार्टीमा यादव वाद हावी भएको केन्द्रिय नेता देखी स्थानीय नेता कार्यकर्तामा रिस रहि आएको छ । २०६२र ०६३ जनआन्दोलन बाट देशमा आएको संघिय लोकतान्त्रिक गणतन्त्र पछि उपेन्द्र यादवले कुर्सी पाउनका लागी मधेशी गुवाहरु लाई भडकाई पहाडी – मधेशी बीच ठुलो खडाल बनाएका थिए । अहिले पनि नेपालको पुर्बान्चलमा तर्फ पहाडी समुदाय बिच त्यो तिक्तता कायम नै छ । मधेशी जनतालाई धोका दिदै आएका अध्यक्ष यादव विभिन्न मन्त्री पद खादै उपप्रधानमन्त्री समेत भएका हुन । मधेसका युवाहरूको घर परिवार , पीडित रोई रहेका छ्न मधेश आन्दोलनमा जो सहिद भए तिनीहरुको परिवार लाई सोध्ने , हाल खबर लिन नेता उपेन्द्र यादवलाई र उनको पार्टी लाई कुनै चासो छैन । मधेस बाट एक पटक लखेटिएको यादव बारा २ मा पनि पराजित हुने परिस्थिति बनेको छ । मधेसका युवाहरूलाई दिएको धोका को बदला उपनिर्वाचनमा लिने भनेका छ्न । यादव गत मंसिर २ गते सम्पन्न निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके रावत सङ लगभग दोब्बर मतले पराजित भएका थिए । उपेन्द्र यादवले मधेश र मधेशी जनतालाई ठग्दै गरे पछि जनमत पार्टीको स्थापना गर्न बाध्य भएको सासद रावतले विभिन्न सञ्चारमा भनेका थिए । अहिले मधेशका लागी निकै योगदान सिके रावत दिई रहेको स्थानीय जनताले बताउदै आएका छ्न ।
बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा कडा प्रतिस्पर्धा भए पनि स्थानीय जनतामा कुशवाहा निकै बलियो प्रतिद्वन्द्वी रहेका छ्न । कुशवाहाको जनताहरुमा निकै पकड रहेको छ । जसपा उम्मेदवार सङ थोरै मत पराजित भएका कुशवाहा यस पटक जनताले बिजयी बनाउने मन बनाई सकेको स्थानीय जनताले भनेका छ्न । कुशवाहा भनेका जनताको सुखदुस्खमा काम लाग्ने नेत हुन भने यादव सप्तरी बाट पराजित भई भागेर आएको उम्मेदवार रहेको स्थानीयहरुले भन्दै आएका छ्न ।