एसीसी प्रिमियर कपमा हङकङले यूएईलाई हरायो

१ बर्ष अघि

२0८0 बैशाख ८ शुक्रबार

एसीसी प्रिमियर कपमा हङकङले यूएईलाई हरायो

काठमाण्डौ – एसीसी मेन्स प्रिमियर कपमा हङकङले यूएईलाई हराएको छ । शुक्रवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले यूएईलाई डकवर्थ लुइस स्ट्रेन डीएलएस पद्धतिअनुसार ६७ रनले हरायो । 

हङकङले दिएको दुई सय ६४ रनको लक्ष्य पछ्याएर ब्याटिङ थालेको यूएईले २७ ओभरमा छ विकेट गुमाएर एक सय १७ रन बनाउँदा खेल वर्षाका कारण प्रभावित भएपछि डीएसएस पद्धतिअनुसार हङकङ ६७ रनले विजयी भएको हो । यूएईका लागि आर्यन लाक्राले नटआउट ५२ र रमीज शहजादले ३४ रन बनाए । हङकङका एहसान खानले दुई विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ६३ रन बनायो । हङकङका लागि यान्सी रथले शतक बनाए । यस्तै किन्चित शाहले ३५ रन बनाए । यूएईका आयन अफजल खानले पाँच विकेट लिए ।

यो जितसँगै समूह ुबीु मा रहेको हङकङ दुई खेलमा चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । 

एसीसी प्रिमियर कपको समूह ुएु मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ुबीु मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।