शान्ती सुरक्षामा स्थानिय तहको सदैव सहयोग रहने (फोटो फिचर)

६ बर्ष अघि

२0७५ कार्तिक ११ आईतवार

शान्ती सुरक्षामा स्थानिय तहको सदैव सहयोग रहने (फोटो फिचर)

राम सिह धामी ,दृष्टिकोण समाचार दार्चुला
दार्चुला जिल्लाको शान्ति शुरक्षा कायम गर्नका लागि जिल्लाका ९ वटै स्थानीय तहहरु एकजुट हने भएका छन । 
शनिबार दार्चुला जिल्ला सदरमुकामा जिल्ला प्रहरी कार्यालय दार्चुला आयोजना गरिएको  समुदाय–प्रहरी साँझेदारी पत्रमा हस्ताक्षर कार्यक्रममा शुभकाना दिदै जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीले दार्चुला जिल्लाको शान्ती सुरक्षा काय गर्न सबैले एकढिक्का भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । शिक्षा , स्वास्थ्य, आवास जस्तै शान्ति सुरक्षापनि अपरिहार्य भएकाले हातेमालो गरेर अगाडि बढ्न सबैलाई आग्रह गरेका छन । 
दार्चुला जिल्लामा अपराधिक कृयाकलाहरु बढिरहेकाले नेपाल प्रहरीले एकलैले केहि गर्न नसक्ने हुदा सबैले प्रहरीले चालेको अभियानमा सहयोग गर्नु आजको आवश्यक्ता रहेको महाकाली नगरपालिका प्रमुख हंषराज भट्टले बताउनु भयो । 
देशभरी अपराधिक कृयाकलाप बढिरहेकाबेला नेपाल प्रहरीले ७७ वटै जिल्लामा रहेका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु सित स्थानिय तहहरुमा देखिएका विकृति र अपराधिक कृयाकलापहरु न्युनिकरण गर्नका लागि गाँउपालिका सित हातेमालो गरि समाजमा भईरहेका चेलिबेटि बेचविखन , लागु औषद ओसारपोसार तथा सेवन जस्ता अनैतिक कृयाकलापले समाजमा विकृति बढिरहेकाले यस्को न्युनिकरणका लागी स्थानीय तहहरु सित समुदाय–प्रहरी साँझेदारी पत्रमा हस्ताक्षर कार्यक्रममा हस्ताक्षर गरि सदैव समाजको सेवा गर्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक नवराज अधिकारीले बताउनु भयो । 


प्रहरी कार्यालय दार्चुलाको आयोजना सञ्चालन भएको समुदाय–प्रहरी साँझेदारी पत्रमा हस्ताक्षर कार्यक्रममा महाकाली नगरपालिका प्रमुख हंषराज भट्ट, शैल्यशिखर नगरपालिका उप प्रमुख राजमती बम पाल , मालिकार्जुन गाँउपालिका अध्यक्ष नरेन्द्रसिह धामी, लेकम गाँउपालिका अध्यक्ष प्रमान्नद जोशी, मार्मा गाँउपालिका उपाध्यक्ष बागमति ठगुन्ना, अपिहिमाल गाँउपालिका उपाध्यक्ष उर्मिला बोहरा,  दुहँ गाँउपालिका उपाध्यक्ष ईश्वरी जोशी र लेकम गाँउपालिका उपाध्यक्ष माधबी जोशी  लगायत दार्चुला जिल्लाका ७ वटा स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरु लगायत सरोकावाल निकायका पदाधिकारी र वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । भने व्याँस गाँउपालि र नौगाड गाँउपालिका सित आईतबार हस्ताक्षर गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक नवराज अधिकारीले बताउनु भयो । 
हेर्नुहाेस सहमतीमा हस्ताक्षर गरीएकाे फाेटाे फिचर 

 महाकाली नगरपालिका प्रमुख

शैल्यशिखर नगरपालिका उप प्रमुख

मालिकार्जुन गाँउपालिका अध्यक्ष

लेकम गाँउपालिका अध्यक्ष

अपिहिमाल गाँउपालीका उपाध्यक्ष

मार्मा गाँउपालिका उपाध्यक्ष

दुहुँ गाँउपालिका उपाध्यक्ष