बलात्कार आरोपी पक्राउ

१ बर्ष अघि

२0८0 बैशाख ८ शुक्रबार

बलात्कार आरोपी पक्राउ

दार्चुला – दार्चुलामा फरार रहेका बलात्कार आरोपी पक्राउ परेका छन् ।  बालिकालाई जर्बजस्ती करणी गरी फरार रहेका शैल्यशिखर नगरपालिका–४ काणापारीका ४९ वर्षीय बिसन ठगुन्नालाई ८ दिनपछि बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । १६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेर फरार रहेका उनलाई बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

आरोपी ठगुन्नाले गाउँकी सुस्तमनस्थिति भएकी बालिकालाई २०७९ चैत २९ गते जबरजस्ती करणी गरी फरारपछि पिडीत परिवारले बैशाख १ गते प्रहरीमा उजुरी दिएका थिए ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ठगुन्नालाई सदरमुकामको बांगाबगडबाट पक्राउ गरेको हो ।