दार्चुला युथ ग्रुप समाज सेवामा पनि 

५ बर्ष अघि

२0७५ कार्तिक १0 शनिबार

दार्चुला युथ ग्रुप समाज सेवामा पनि 


रमेश खत्री, दुष्टिकोण समाचार दार्चुला कार्तिक १०
दार्चुला युथ ग्रुपका अध्यक्ष कैलाशसिह ठगुन्ना, तथा सदस्यद्वय हेमराज जोशी र पुष्करराज जोशीले एक महिलालाई रगत दान गरेका छन् । जिल्ला स्वस्थ्य कार्यलय दार्चुलामा शनिबार रगतदान गरेका हुन् । महाकाली नगरपालिका ७ धापकी कलावती देवि पाल रक्तचापका कारण विरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल दार्चुलामा ल्याएको र रगत अभाव भएपछि  बि पोजेटिप  रगत दिनु भएको हो । तिनै जनाले तिन सय पचास एम एल रगत दान गरिएको दार्चुला युथ ग्रुपका कोषाध्यक्ष भुपेश ऐरीले जानकारी दिनुभयो । यो भन्दा पहिले दार्चुला युथ ग्रुपले जिल्ला सदरमुकाममा विभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ ।