आजदेखि सिंहदरबारको फोहर नउठाउने काठमाण्डौ महानगरका मेयर शाहको घोषणा

१ बर्ष अघि

२0७९ चैत्र २५ शनिबार

आजदेखि सिंहदरबारको फोहर नउठाउने काठमाण्डौ महानगरका मेयर शाहको घोषणा

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशकै मुख्य प्रशासनिक केन्द्र मानिने सिंहदरबार परिसरको फोहर नउठाउने बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहर नउठाउने बताउनुभएको हो । मेयर शाहले लेख्नुभएको छ,‘आजदेखि सिंहदरबारको फोहर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’ मेयर शाहको स्टाटसपछि एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने प्रयास भएको सङ्केत गर्नुभएको छ ।जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्नेमा उहाँको जोड छ ।