गत आर्थिक बर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात

१ बर्ष अघि

२0७९ चैत्र २५ शनिबार

गत आर्थिक बर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात

एजेन्सी । आर्थिक बर्ष २०२२र०२३ मा भारतीय स्मार्ट फोनको निर्यातबाट १० अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी भएको तथ्याङ्कले देखाएको छ ।

यो अवधिमा एप्पलको ‘मेक इन इन्डिया’ स्मार्टफोनले कुल निर्यातको ५० प्रतिशत हिस्सा ओगटेको छ भने सामसुङले ४० प्रतिशत मोबाइल निर्यात गरेको छ । अन्य स्मार्टफोन कम्पनीहरुले निर्यातको बाँकी १० प्रतिशत हिस्सा ओगटेका छन् ।

भारत आफ्नो इलेक्ट्रोनिक्स उत्पादन क्षेत्रमा बलियो हुँदै गएको छ र विश्वव्यापी रूपमा आफ्नो छाप छोडिरहेको छ । स्मार्टफोन उत्पादनमा सरकारले निकै ध्यान दिइरहेको छ ।

भारतमा दूरसञ्चार उद्योग सरकारको प्राथमिकताको सूचीमा छ ।