नेपालकै कान्छा व्याटमेन्टीन खेलाडी प्रिन्स गृह जिल्लामा सम्मानीत 

५ बर्ष अघि

२0७५ कार्तिक १0 शनिबार

नेपालकै कान्छा व्याटमेन्टीन खेलाडी प्रिन्स गृह जिल्लामा सम्मानीत 

ललित सामन्त कार्तिक १० दार्चुला । नेपालकै कान्छा व्याटमिन्टन खेलाडी दार्चुलाका प्रीन्स दाहाललाई दार्चुला मानसखण्ड धार्मिक महोत्सव मुल आयोजक समितिले शुक्रबार सम्मानीत गरेको छ । महोत्सव मुल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख करबीर बहादुर कार्की तथा महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले सयुक्त रुपमा कदरपत्र दिएर यज्ञस्थल महेन्द्र नमुना माविको प्राङ्गणमा सम्मान गरेको हो । 
आमा राजु दाहाल र बुवा नारायण दाहालको कोखबाट २०६१ सालमा जन्मिएका प्रीन्स १५ बर्ष मुनिको अन्तर्राष्ट्रिय व्याटमिन्टन प्रतियोगिता २०१८ मा दुबई विजेता बनेका हुन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा एकदर्जन बढी व्याटमिन्टन प्रतियोगितामा प्रीन्सले खेलिसकेका छन् ।