मोटर साइकलले ठक्कर दिँदा तीनजना विद्यार्थी घाइते

१ बर्ष अघि

२0७९ चैत्र २४ शुक्रबार

मोटर साइकलले ठक्कर दिँदा तीनजना विद्यार्थी घाइते

दार्चुला । दार्चुलामा मोटर साइकलको ठक्करबाट तीन जना विद्यार्थी घाइते भएका छन् । महाकाली नगरपालिका, ७ धापमा म २ प ३९४६ नम्बरको मोटरसाइकलको ठक्करबाट मालिकार्जुन नमूना मावि धापका तीन जना छात्रा घाइते भएका हुन् । 
मोटरसाइकलको ठक्करबाट विद्यालयबाट आउँदै गरेका महाकाली नगरपालिका–८ का १८ वर्षीया  सरस्वती भाट, कमला भट्ट र माधवी पाल घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक महाकाली नगरपालिका–४ का १८ वर्षीय  सक्षम निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।