सेनामा एमबिबिएसदेखि एयर ट्राफिकको दरखास्त आह्वान

१ बर्ष अघि

२0७९ चैत्र २४ शुक्रबार

सेनामा एमबिबिएसदेखि एयर ट्राफिकको दरखास्त आह्वान

काठमाडाै । नेपाली सेनाले एमबिबिएस डाक्टरदेखि एयर ट्राफिक कन्ट्रोलनको दरखास्त आह्वान गरेको छ। नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको हो।
उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले दरखास्त आह्वान गरेको छ। १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्नेछन्। उचाई भने पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने सूचनामा भनिएको छ।  आजदेखि २०८० वैशाख २३ गतेसम्म तोकिएको भर्ना केन्द्रमा पुगेर दरखास्त फारम बुझाउन सकिन्छ।